२०८१ चैत १० गते ९:१९ विकासन्युज
काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स (होटल हायात रिजेन्सी)ले क्यासिनोका सामान बिक्रीमा राखेको छ । तारागाउँ रिजेन्सी होटल्समा रहेको क्यासिनो स्लट मेसिन प्रयोगमा आउन नसकेकाले बिक्रीमा राखेको जनाएको छ ।
कम्पनीका अनुसार उक्त क्यासिनोको स्टल मेसिन स्क्र्यापको रुपमा विक्रीमा राखिएको हो । स्क्र्याप सामानहरुको खरिद गर्न इच्छुक खरिदकर्ताहरुले १५ दिनभित्र खरिद प्रस्ताव पेस गर्न आग्रह गरेको छ ।
आवेदन दिनका लागि तारागाउँ रिजेन्सी होटल्सको बौद्द, स्थित रजिष्ट्रड कार्यालमा सम्पर्क गर्नुपर्नेछ । साथै खरिद प्रस्ताव उपर अन्तिम निर्णय गर्ने अधिकार कम्पनीको रहने कम्पनीले जनाएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.