भैंसीपाटीमा सञ्जीवनी पार्क खण्ड ख निर्माण सम्पन्न

  २०८१ चैत १० गते ११:२२     विकासन्युज

ललितपुर । ललितपुर महानगर वडा नं.२५ स्थित सञ्जीवनी पार्कको खण्ड ख निर्माण सम्पन्न भएको छ । उक्त पार्कको ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गरे ।

प्रमुख महर्जनले ललितपुर महानगरमा ४० वटा भन्दा धेरै पार्क निर्माण सम्पन्न भइसकेको उनले बताए ।

उनले भने, ‘पार्क निर्माको श्रृंखलामा यो पार्क थपिएको एक अर्को पार्क हो । ललितपुर महागरको वडा नं.२५ मा नै रहेको सञ्जीवनी पार्कको खण्ड कको निर्माण सम्पन्न यस अघि नै भइसकेको छ ।’

महानगर प्रमुख महर्जनले सार्वजनिक जग्गा अतिक्रमण हुन नदिन महानगरले सशक्त रुपमा काम गरेको बताए ।

ललितपुर महानगर वडा नं.२५ का वडा अध्यक्ष दौलतविक्रम खत्रीले महानगरले विभिन्न वडामा बनाएको पार्कले सहरको सौन्दर्य बढाएको प्रष्ट पारे ।

खाली जमिनमा आकर्षक पार्क निर्माणले वडालाई सुन्दर बनाएको उनको भनाई थियो । पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष रवि विष्टले ७५ लाखको लागतमा संजिवनी पार्क खण्ड ख निर्माण सम्पन्न भएको जानकारी दिए ।