२०८१ चैत १० गते १४:२७ विकासन्युज
काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकले जिते बैंककको राउन्ड ट्रिप फ्लाइट टिकट जितेका छन् । बैंकका एक भिसा डेबिट कार्डहोल्डर तिल प्रसाद पौडेलले दुई जनाको लागि फ्लाइटको राउन्ड ट्रिप फ्लाइट टिकट जितेका हुन् ।
यस वर्षको दशैं तिहारको उपलक्ष्यमा नगदरहित कारोबारलाई प्रोत्साहन गर्न अन्तर्राष्ट्रिय भिसा नेटवर्कको सहकार्यमा भिसा कार्डबहाकहरुबीच सञ्चालित अभियान अन्तर्गत बैंकका ग्राहकले विजेता भएर उक्त पुरस्कार प्राप्त गरेका हुन् ।
भिसा र बैंकले यस कार्यक्रमको सफलता र ग्राहकहरुको उत्साहलाई ध्यानमा राखेर भविष्यमा यस किसिमका अन्य आकर्षक अफरहरु ल्याउने बताएका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.