लिखित तथा मौखिक जानकारीबिनै प्राधिकरणका हाकिमले लोडसेडिङ गराउनुभयो : मारु

  २०८१ चैत १० गते १८:१७     विकासन्युज

काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारुले नेपाल विद्युत प्राधिकरणले जानकारी नदिइकन लोडसेडिङ गरिरहेको दाबी गरेका छन् ।

आइतबार नेपाल सिमेन्ट उत्पादक संघ, स्टिल्स उत्पादक संघ र नेपाल धागो उत्पादक संघले संयुक्त रूपमा गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष मारुले यस्तो बताएका हुन् ।

उनले लोडसेडिङ कारण उद्योगहरू मारमा परिरहेको गुनासो गरे ।

अध्यक्ष मारूले ११–१२ घण्टा लोडसेडिङ हुँदा पनि प्राधिकरणका हाकिमले लोडसेडिङ नभएको भन्दै झुटमाथि झुट फैलाइरहेको बताए ।

उनले भने, ‘हामीलाई केही जानकारी दिएको छन् । न लिखित न त मौखिक रूपमै । एक्कासि लोडसेडिङ गरियो । अझ आफै लोडसेडिङ गरिएको छैन भन्नुहुन्छ । यो झुट हो । १२-१३ घण्टामात्रै बत्ती बल्छ, त्यो पनि व्यवस्थित छैन ।’

अध्यक्ष मारुले २०७५ सालदेखि उद्योगहरूमा लाइन काट्ने विवाद हुँदै आएको पनि बताए ।