२०८१ चैत ११ गते ७:२४ विकासन्युज
काठमाडौं । नेपाल स्टिल उत्पादक संघका अध्यक्ष शोभाकर न्यौपानेले विद्युत प्राधिकरणले आफूहरुको उद्योगमा दिउँसै रातको पारेको आरोप लगाएका छन् ।
आइतबार नेपाल सिमेन्ट उत्पादक संघ, स्टिल्स उत्पादक संघ र नेपाल धागो उत्पादक संघले संयुक्त रूपमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।
उनले जानकारी नगराई १२/१३ घण्टासम्म लोडसेडिङ गरेको गुनासो गरे।
डेडिकेटेड र ट्रंक लाइनको विवादित विषयलाई लिएर विद्युत प्राधिकरणका कार्यकारी निर्देशकले आफ्नै मन लाग्दी गरेको भन्दै उनले आपत्ति जनाए ।
अहिले भैरहवा क्षेत्रमा दिनकै १२/१३ घण्टासम्म लोडसेडिङ भएको नेपाल स्टिल उत्पादक संघका अध्यक्ष न्यौपानेले गुनासो गरे ।
उनले भने, ‘हामीलाई लोडसेडिङबारे केही जानकारी नै गराउनु भएन्। बिचमै एक्कासी लाइन काटिन्छ । मिडिमामा १२ घण्टा हुने कुरा मिडियामा सुनिन्छ। तर अहिले १३, १४ घण्टासम्म विद्युत आउदैन् ।’
लोडसेडिङको कारण स्टिलको मूल्य ९ रूपैयाँ ३३ पैसा पुगेको दाबी गरे ।
उनले आफुहरुलाई चैत बैशाखदेखि असारसम्म पुरै बत्ती दिन सरकारलाई आग्रह गरे । उनले यसपछि १५ दिन बत्तीको लाइन काटेन पनि केही फरक नपर्ने बताए ।
उनले हाल उद्योगमा धेरै सुधार आइरहदाँ लोडसेटिङ गर्दा धरापमा पर्ने अवस्था आएको समेत बताए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.