२०८१ चैत ११ गते ११:५५ विकासन्युज
काठमाडौं । यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडका लागि यामाहा नेपालले ७१.३३ किलोमिटर प्रतिलिटरको एआएरआई–प्रमाणित माइलेजका साथ इन्धन दक्षतामा नयाँ बेन्चमार्क स्थापित गर्दै ‘हाइएस्ट माइलेज इन नेपाल’ प्रस्तुत गरेको छ ।
एड्भान्स हाइब्रिड टेक्नोलोजीका साथ निर्माण भएको रेजेडअर १२५ एफआई हाइब्रिडले पावर, दक्षता र स्मार्ट इनोभेसनको उत्तम सन्तुलन प्रदान गर्दछ, जसले यसलाई पर्फर्मेन्स र माइलेज दुवै खोज्ने राइडरहरूको लागि उपयुक्त विकल्प बनाउँछ ।
रेजेडआर १२५ एफआई हाइब्रिडमा हाइब्रिड पावर असिस्ट प्रणाली रहेको छ, जसले एक्सेलेरेशनको समयमा अतिरिक्त टर्क बूस्ट प्रदान गर्दै सहज एवम् शक्तिशाली सवारी सुनिश्चित गर्दछ । साथै, यसको ओबीडी–२ (अन–बोर्ड डायग्नोस्टिक्स–२) प्रणालीले निरन्तर रियल–टाइम इन्जिन हेल्थको निगरानी गर्दछ र चिन्तामुक्त सवारी अनुभवको लागि टिकाउ र विश्वसनीयता दुवै बनाउँछ ।
खेलकुद र युवा संलग्नता प्रति प्रतिबद्ध यामाहा रेजेडआर १२५ एफआई हाइब्रिड आगामी नेपाल सुपर लिग (एनएसल) सिजन ३ मा काठमाडौँ रेजर्स टिमको टाइटल स्पोन्सर हो । एनएसएल सिजन १ को च्याम्पियनको रूपमा काठमाडौँ रेजर्सले नेपालको फुटबल लिगमा आफूलाई एक प्रमुख शक्तिशाली टोलीको रूपमा स्थापित गरेको कम्पनीले जनाएको छ ।
७१.३३ किलोमिटर प्रति लिटर माइलेज, एड्भान्स हाइब्रिड प्रविधि र नेपालको फुटबल क्षेत्रसँग बलियो सम्बन्धको साथ यामाहा रेजेडआर १२५ एफआई हाइब्रिड अतुलनीय इन्धन दक्षता र रोमाञ्चक प्रदर्शन खोज्ने राइडरका लागि सहि विकल्पको रूपमा उभिएको कम्पनीको भनाई छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.