२०८१ चैत ११ गते १२:१३ विकासन्युज
काठमाडौं । जेडटीई स्मार्टफोनको नयाँ सिरिज नेपाली बजारमा सार्वजनिक भएको छ ।
आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा जेडटीईले नयाँ सिरिज सार्वजनिक गरेको हो ।
नेपालका लागि जेडटीईको आधिकारिक वितरक शंकर ग्रुपले विभिन्न पाँच मोडेलका नयाँ स्मार्टफोन सार्वजनिक गरेको हो ।
कम्पनीले सस्तो मूल्यमा नेपाली प्रयोगकर्तालाई स्तरीय फिचर र पर्फमेन्स भएका फोन अनुभव गराउने उद्देश्यले यी फोन ल्याएको जनाएको छ ।
कम्पनीले ब्लेड र नुबिया सिरिज बजारमा ल्याएको हो । कम्पनीले ब्लेड ए ७५, ब्लेड ए ३५ ई, ब्लेड ए ५५, नुबिया भी ७० म्याक्स र नुबिया भी ७० डिजाइन गरी पाँच नयाँ स्मार्टफोन सार्वजनिक गरको हो ।
’हामी जेडटीईलाई नेपालमा पुनः ल्याउन पाउँदा उत्साहित छौं । हामी नेपाली ग्राहकलाई उत्कृष्ट स्मार्टफोनहरू उपलब्ध गराउन प्रतिबद्ध छौं,’ शंकर ग्रुपका कार्यकारी निर्देशक सक्षम जाखेरले भने ।
यी नयाँ स्मार्टफोनहरूमा शक्तिशाली प्रोसेसर, लामो ब्याट्री लाइफ र एआइ फिचरहरू समावेश छन् । उत्कृष्ट फोटोग्राफी, मल्टिटास्किङ र इमर्सिभ गेमिङ अनुभव चाहने प्रयोगकर्ताहरूका लागि जेडटीईका यी नयाँ स्मार्टफोनहरू उपयुक्त विकल्प बनेको छ ।
जेडटीईका नयाँ स्मार्टफोनको मूल्य र स्टोरेज क्षमता
जेडटीई ब्लेड ए ७५ को मूल्य १३ हजार ९९९ रुपैयाँ रहेको छ । यसमा ४ जीबी र्याम २५६ जीबी स्टोरेज उपलब्ध छ । फोन डायमन्ड ब्ल्याक र मिन्ट ग्रीन कलरमा छ ।
जेडटीई ब्लेड ए ५३ ई को मूल्य १० हजार ४९९ रुपैयाँ रहेको छ । यसमा २ जीबी र्याम र ६४ जीबी स्टोरेज रहेको छ । यो सिल्भरी ग्रे र आइस ग्रीन कलरमा उपलब्ध छ ।
जेडटीई ब्लेड ए ५५
२ जीबी र्याम, ६४ जीबी स्टोरेज– ११ हजार ९९९ रुपैयाँ
४ जीबी र्याम, १२८ जीबी स्टोरेज – १२ हजार ९९९ रुपैयाँ
कलर– स्टारी ब्ल्याक एन्ड वाटर ब्लु
जेडटीई नुबिया भी ७० म्याक्स
मूल्य– १५ हजार ९९०
स्टोरेज ६ जीबी र्याम, १२८ जीबी स्टोरेज
कलर– लेक ग्रिन र ग्लाटिक ग्रे
जेडटीई नुबिया भी ७० डिजाइन
८ जीबी र्याम, १२८ जीबी स्टोरेज– १६ हजार ९९९ रुपैयाँ
८ जीबी र्याम. २५६ जीबी स्टोरेज– १८ हजार ९९९ रुपैयाँ
कलर- स्टोन ग्रे र जेड ग्रिन
Copyright © 2025 Bikash Media Pvt. Ltd.