२०८१ चैत ११ गते १९:४४ विकासन्युज
काठमाडाैं । हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ भेरियन्टको कार सार्वजनिक गरेको छ । सोमबार काठमाडौंमा कार्यक्रमको आयोजना गर्दै कम्पनीले नयाँ कार सार्वजनिक गरेको हो ।
कम्पनीले क्रेडा मोडल मेड इन नेपाल र क्रेटा ईभी सार्वजनिक गरेको हो । कम्पनीले भारतीय बजारमा केही समयअघि मात्रै सार्वजनिक भएको क्रेटा ईभी सार्वजनिक गरेको छ भने क्रेटा मेड इन नेपाल पनि सार्वजनिक गरेको हो ।
कम्पनीले क्रेटा ईभीको सुरुवाती मूल्य ५१ लाख ९६ हजार रुपैयाँ तोकेको छ भने यो कारको प्रिमियम भेरियन्टको मूल्य ५९ लाख ९६ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
कम्पनीले क्रेटा ईभी स्मार्टको ५४ लाख ९६ हजार रुपैयाँ र क्रेटा ईभी स्मार्ट ओको ५६ लाख ९६ हजार रुपैयाँ तोकेको छ ।
यस्तै लक्ष्मी कन्टिनेन्टलले क्रेटा मेड इन नेपाल अन्तर्गतको क्रेटा ई पेट्रोल एमटी भेरियन्टको कारको मूल्य ५३ लाख ९६ हजार रुपैयाँ तोकेको छ भने क्रेटा एस ओ एमटीको ६३ लाख ९६ हजार रुपैयाँ, क्रेटा एसएक्स एमटीको ६६ लाख ९६ हजार रुपैयाँ, क्रेटा एस ओ सीभीटी भेरियन्टको ६७ लाख ९६ हजार रुपैयाँ र क्रेटा एसएक्स ओ सीभीटी भेरियन्टको मूल्य ७८ लाख ९६ हजार रुपैयाँ तोकेको छ ।
लक्ष्मी कन्टिनेन्टलका जनरल म्यानेजर दीपक थपलियाले आयात गरेकोभन्दा नेपालमै बनेको गाडी उपभोक्तालाई सस्तो पर्ने जानकारी दिए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.