२०८१ चैत ११ गते १९:५९ विकासन्युज
काठमाडौं । केही समयअघि मात्रै भारती बजारमा सार्वजनिक भएको क्रेटा ईभी अब नेपाली बजारमा पनि सहजै उपलब्ध हुने भएको छ । हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले सोमबार एक कार्यक्रमको आयोजना गर्दै नयाँ भेरियन्टको क्रेटा ईभी सार्वजनिक गरेको हो ।
कम्पनीले क्रेटा ईभीको सुरुवाती मूल्य ५१ लाख ९६ हजार रुपैयाँ तोकेको छ भने यो कारको प्रिमियम भेरियन्टको मूल्य ५९ लाख ९६ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
कम्पनीले क्रेटा ईभी स्मार्टको ५४ लाख ९६ हजार रुपैयाँ र क्रेटा ईभी स्मार्ट ओको ५६ लाख ९६ हजार रुपैयाँ तोकेको छ ।
हुन्डाईले क्रेटा ईभी ९९ किलोवाट र १२६ किलोवाट मोटर विकल्पमा उपलब्ध गराउने छ भने ९९ किलोवाटको मोटरसँग ४२ किलोवाट क्षमताको ब्याट्री हुनेछ । यसले ३९० किमी रेन्ज दिने बताइएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.