राति १० बजे बालेनको स्टाटस : अबको एक हप्तामा कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडिदिन्छु

  २०८१ चैत ११ गते २२:४२     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बोलेन्द्र शाह (बालेन)ले काठमाडौं महानगरका सरसफाई कर्मचारीले विगत ३ महिना देखी तलब नपाएको गुनासो गरेका छन् । राति १० बजे फेसबुकमा स्टाटस राख्दै उनले यस्तो धारणा राखेका हुन् ।

उनले भनेका छन्, ‘काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले विगत ३ महिनादेखि तलब पाको छैन, सरकारको दम्भले । को-कोले के-के आन्दोलन गर्ने हो, मलाई थाह छैन, अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु ! त्योपछि हेरौँला तिमीहरुको के-के तन्त्र हो ।’