२०८१ चैत १२ गते ११:०६ विकासन्युज
काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्सको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ ।
कम्पनीको आईपीओमा आवेदन मध्ये १ लाख ४७ हजार ६०० जना आवेदकहरुले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर हात पारेको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।
आईपीओमा २० लाख ५६ हजार ५७६ जनाले आवेदन दिएकामा जनाको २ लाख ८ हजार २७८ आवेदन रद्द भएको । आवेदन दिएका १८ लाख ४८ हजार २९८ जनालाई गोलाप्रथामा सहभागी गराइएको थियो । कम्पनीले फागुन २७ देखि चैत ३ सतेसम्म सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो ।
आईपीओको नतिजा ओम मेगाश्री फर्मास्युटिकल्सको वेबसाइट र प्रभु क्यापिटलको वेबसाइटबाट, सीडीएससीले आईपीओ हेर्न बनाएको वेबसाइट र मेरो सेयरबाट थाहा पाउन सकिने छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.