२०८१ चैत १२ गते ११:३४ विकासन्युज
काठमाडौं । लो कार्बन मोबिलिटी प्रविधि कम्पनी चाङआन अटोमोबाइलले जर्मनीमा ’सेयरिङ द फ्युचर’ थिमअन्तर्गत युरोपका लागि आफ्ना तीन प्रमुख ब्रान्डहरू चाङआन, डीपल र अवतार आधिकारिक रूपमा लञ्च गरेको छ ।
यो माइलस्टोन चाङआनको ‘भास्ट ओसन प्लान’अन्तर्गत प्राविधिक नवप्रवर्तन र दिगोपनप्रतिको प्रतिबद्धतालाई सुदृढ पार्ने एक नयाँ चरण हो ।
अनुसन्धान, उत्पादन, आपूर्ति श्रृंखला, बिक्री र सञ्चालनमा फैलिएको पूर्ण रूपमा एकीकृत युरोपेली इकोसिस्टमको साथ चाङआनले स्थानीय प्रतिभामा लगानी र क्षेत्रीय साझेदारहरूसँग सहकार्य गरेर अनि इन्टेलिजेन्ट र दिगो मोबिलिटीको भविष्यलाई अगाडि बढाएर युरोपेली उपभोक्ताहरूसँगको आफ्नो सम्बन्धलाई गहिरो बनाउन लागेको हो ।
कार्यक्रममा चाङआनले चाङआन जिरो सेभने र दीपल एस जिरो फाइभसँगै युरोपेली डेब्यूको रूपमा दीपल एस जिरो सेभेन पनि प्रदर्शन गर्यो, जसको लन्च पछिल्लो चरणको लागि तय गरिएको थियो ।
६ देश र दश स्थानहरूमा फैलिएको आरएन्डडी प्रणालीद्वारा सञ्चालित चाङआनको टेक्निकल इनोभेसन विश्वव्यापी रूपमा मान्यता प्राप्त छ । यसमा ३१ देश र क्षेत्रहरूबाट आउने १८ हजारभन्दा बढी आरएन्डडी कर्मचारीहरू कार्यरत छन् जसमा १६ प्रविधि अनुसन्धान र उत्पादन विकास केन्द्रहरू, १७ प्रविधि कम्पनी र १८० प्रयोगशालाहरू (राष्ट्रिय स्तरका प्रयोगशालाहरू सहित) रहेका छन् जसले यसलाई युरोपेली ईभी बजारको एक प्रमुख भागको रूपमा स्थान दिन्छ ।
युरोपेली सुरुवातको एक हिस्साको रूपमा चाङआनले सुरुमा नर्वे, डेनमार्क, जर्मनी, नेदरल्याण्ड्स र बेलायत जस्ता प्रमुख ईभी बजारहरूमा ध्यान केन्द्रित गर्दै बजार प्रवेशको औपचारिक रणनीति अपनाउँदैछ । सन् २०२८ सम्ममा कम्पनीले सबै प्रमुख युरोपेली बजारहरूमा उपस्थिति जनाउने योजना बनाएको छ ।
नेदरल्याण्ड्समा अवस्थित युरोपेली मुख्यालयले व्यापार सञ्चालनको केन्द्रको रूपमा काम गर्नेछ। बिक्री कम्पनीहरूको मुख्यालय जर्मनीको म्युनिखमा स्थापना गरिएको छ । हाल युरोपभरि लगभग ५०० कर्मचारीहरू कार्यरत छन् जसमा इटाली र बेलायतका अनुभवी डिजाइनर र इन्जिनियरहरू पनि समावेश छन् ।
‘जर्मनीमा आउन पाउँदा हामीलाई खुशी लागेको छ,’ चाङआन अटोमोबाइलका अध्यक्ष झु हुआरोङले भने, ‘चाङआन एक खुला र सहयोगी कम्पनी हो जुन दिगो गतिशीलताको नेतृत्व गर्ने र मानव जीवनलाई फाइदा पुर्याउने स्पष्ट लक्ष्यद्वारा सञ्चालित छ ।’
‘हामीले यस वर्ष विश्वव्यापी रूपमा तीस लाख युनिट बिक्री गर्ने लक्ष्य राखेका छौं जसमा दस लाख विद्युतीकृत सवारी साधनहरू हुनेछन् । हामीले सन् २०३० सम्ममा प्रति वर्ष पाँच लाख सवारी साधनहरू डेलिभर गर्ने लक्ष्य राखेका छौं जसमा तीस लाख विद्युतीकृत हुनेछन् । योसँगै हामी राम्रो भविष्यको लागि इनोभेसन पनि चलाइरहने छौं,’ झुले थपे ।
चाङआन अटोमोबाइलको बारेमा
चाङआन अटोमोबाइल एक इन्टेलिजेन्ट लो–कार्बन मोबिलिटी प्रविधि कम्पनी हो जसमा ३१ देशका ९१५ भन्दा बढी विशेषज्ञहरू, चाङआन, डीपल, एभीएटीआर जस्ता विविध ब्रान्ड एवम् चाङआन फोर्ड, चाङआन माज्दा र जेएमसी जस्ता संयुक्त उद्यमहरू छन् ।
चाङआनको बलियो उत्पादन फैलावट र विविधता छ जसमा यात्रुवाहक सवारी साधन, पिक-अप र हल्का व्यावसायीक सवारी साधनहरू समावेश छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.