२०८१ चैत १२ गते ११:४१ विकासन्युज
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमवार पारस्परिक भन्सारको लागि अप्रिल २ को समयसीमा नजिकिँदै गर्दा आफूले धेरै देशहरूलाई भन्सारमा छुट दिनसक्ने बताएका छन् । पारस्परिक भन्सारको लागि आफूले धेरै देशहरुलाई छुट दिने योजना बनाएको बताए ।
लामो समयदेखि धेरै देशहरुसँगको सम्बन्ध राम्रो रहेको र उनीहरुसँग अमेरिकाको सम्बन्ध राम्रो नै राख्ने बताए । अप्रिल २ लाई मुक्ति दिवसको रुपमा चित्रण गरे । उनले भेनेजुएलाबाट तेल र ग्यास खरिद गर्ने कुनैपनि राष्ट्रमा २५ प्रतिशत कर लगाउने बताए । राष्ट्रपतिले ल्याटिन अमेरिकी देशलाई हजारौं अपराधीहरूलाई संयुक्त राज्य अमेरिका पठाएको आरोप लगाए ।
जेपी मोर्गनका प्रमुख अर्थशास्त्री ब्रुस कास्मानले यस महिनाको सुरुमा अमेरिकी अर्थतन्त्रको बारेमा चिन्ता व्यक्त गरे ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.