५५ अंकले घट्यो सेयर बजार, कारोबार भने बढ्यो

  २०८१ चैत १२ गते १५:२२     विकासन्युज

काठमाडौं । मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५५.९० अंकले घटेर २५८४.८८ बिन्दुमा झरेको छ ।

आज ४ कम्पनीको मूल्य बढ्दा २४० कम्पनीको मूल्य घटेको छ ।

मंगलबार कारोबार रकम भने सोमबारको तुलनामा बढेको छ । ३२५ कम्पनीको १ करोड ११ लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १८ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको २३ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

साथै, नेपाल रिइन्स्योरेन्स कम्पनीको २१ करोड, युनाइटेड मोदी हाइड्रोको १७ करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको १४ करोड र सीइडीबी होल्डीङसको १३ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

आज  सबै समूहको उपसूचकमा राताम्मे बनेको छ । बैंकिङ १.४२, विकास बैंक २.९९, फाइनान्स ३.५०, होटल तथा पर्यटन २.७२, हाइड्रोपावर ३.३१, लगानी २.०८, जीवन बीमा २.२०, उत्पादन १.५०, माइक्रोफाइनान्स २.४९, निर्जीवन बीमा २.४६, अन्य १.८२ तथा व्यापार १.८५ प्रतिशतले घटेकाे छ ।