सानिमा बैंकले गोरखामा आयोजित स्वास्थ्य शिविरमा गर्‍यो आर्थिक सहयोग

  २०८१ चैत १३ गते १०:३८     विकासन्युज

काठमाडौं । सानिमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, शिक्षा, वित्तीय साक्षरता तथा विभिन्न सामाजिक उत्थानका कार्यक्रमलाई निरन्तर समर्थन गर्दै आइरहेको छ । यसैक्रममा, बैंकले गोरखाको शक्तिचोकस्थित नेपाली सेना रिपुमर्दन गण र शहिद लखन गाउँपालिकाद्वारा संयुक्त रूपमा आयोजित दुई दिने बृहत स्वास्थ्य शिविरमा आर्थिक सहयोग प्रदान गरेको छ ।

गोरखा जिल्लाको शहिद लखन गाउँपालिका–६, घैरुङ स्वास्थ्य चौकीमा सम्पन्न उक्त शिविरमा ५२५ जना स्थानीय बासिन्दाहरूले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन् । शिविरमा महिलाहरूको पाठेघरको मुखको क्यान्सर परीक्षण, हाडजोर्नी, स्त्रीरोग, चर्मरोग, मधुमेह, जनरल ओपीडी सेवा लगायत विभिन्न स्वास्थ्य परीक्षणहरू प्रदान गरिनुका साथै आवश्यक परेका बिरामीहरूलाई निःशुल्क औषधि वितरण गरिएको थियो ।

सानिमा बैंकले आगामी दिनहरूमा पनि समाजको समग्र उत्थानका लागि प्रभावकारी सामाजिक कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । हाल बैंकले सातै प्रदेशमा १३४ शाखा तथा १२६ एटीएममार्फत उच्चस्तरीय सेवा प्रदान गरिरहेको छ ।