२०८१ चैत १३ गते १२:५४ विकासन्युज
काठमाडौं । जिल्ला समन्वय समिति (जिसस) काभ्रेपलाञ्चोकका प्रमुख दिपककुमार गौतम पक्राउ परेका छन् ।
काठमाडौं प्रहरी परिसरका एसपी अपिल बोहराका अनुसार गौतमविरुद्ध बैंकिङ कसुरसम्बन्धी तीनवटा जाहेरी दर्ता गरिएको छ । उनले भने ‘गौतमलाई बैंकिङ कसुरको मुद्दामा अनुसन्धान भइरहेको छ ।’
काभ्रेपलाञ्चोक जिल्लामा पनि उनीविरुद्ध तीनवटा थप जाहेरी परेको जानकारी प्राप्त भएको छ ।
नेकपा (एकीकृत समाजवादी) का नेता र अखिल (क्रान्तिकारी) का पूर्व केन्द्रीय अध्यक्ष गौतमलाई अहिले बानेश्वर प्रहरी वृत्तमा राखिएको छ । प्रहरी स्रोतका अनुसार गौतमको विषयमा थप अनुसन्धान जारी छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.