३९ अंकले बढ्यो सेयर बजार, २३१ कम्पनीको मूल्य बढ्यो

  २०८१ चैत १३ गते १५:२४     विकासन्युज

काठमाडौं । बुधबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३९.१३ अंकले बढेर २६२१.८६ बिन्दुमा पुगेको छ ।

आज २३१ कम्पनीको मूल्य बढ्दा १२ कम्पनीको मूल्य घटेको छ ।

बुधबार ३१७ कम्पनीको ९१ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २० करोड रुपैयाँ बढीको करोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको ४१ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

साथै, नेपाल रिइन्स्योरेन्सको ३१ करोड, गार्डियन माइक्रोलाइफको २२ करोड, नारायणी डेभलपमेन्ट बैंकको ११ करोड र युनाइटेड मोदी हाइड्रोको १० करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

आज सबै सेक्टरका सूचकमा हरियाली छाएको छ । अन्य र जीवन बीमा सेक्टर सबैभन्दा धेरै २/२ प्रतिशतले बढेकाे छ ।

बैंकिङ १.१५, विकास बैंक १.१९, फाइनान्स १.७५, होटल तथा पर्यटन १.७८, हाइड्रोपावर १.७०, लगानी १.६७, जीवन बीमा २.०६, उत्पादन ०.९८, माइक्रोफाइनान्स १.३०, निर्जीवन बीमा १.७५, अन्य २.०९ तथा व्यापार १ प्रतिशतले बढेकाे छ ।