माछापुच्छ्रे बैंकका ग्राहकलाई मर्क्योर होटलमा छुट

  २०८१ चैत १३ गते १६:४५     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले ग्राहकलाई अतिरिक्त सुविधा प्रदान गर्ने उद्देश्यले द मेट्रोपोलिटन होटल लिमिटेड (मर्क्योर होटल) सँग साझेदारी गरेको छ ।

यस सहकार्यअन्तर्गत, माछापुच्छ्रे बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरूले मर्क्योर होटलका विभिन्न सेवामा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरूले होटल बसाइ, खानपान तथा अन्य सेवाहरूमा छुट पाउने अवसर प्राप्त गर्नेछन् ।

माछापुच्छ्रे बैंकले ग्राहकहरूलाई उच्चस्तरीय सेवा प्रदान गर्न तथा सन्तुष्टिलाई प्राथमिकता दिने उद्देश्यले विभिन्न प्रतिष्ठित संस्थासँग सहकार्य गर्दै आएको छ ।