२०८१ चैत १३ गते १७:३० विकासन्युज
काठमाडौं । ललिपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३९ करोड ७२ लाख रुपैयाँ वित्तीय समानीकरण अनुदान पाउने भएको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले ललितपुर महानगरलाई ३९ करोड ७२ लाख रुपैयाँ वित्तीय समानीकरण अनुदान दिन प्रस्ताव गरेको हो ।
आयोगले ललितपुर महानगरलाई ७ करोड ७५ लाख रुपैयाँ न्यूनतम, ३१ करोड ३४ लाख रुपैयाँ शूत्रमा आधारित र ६३ लाख रुपैयाँ कार्यसम्पादनमा आधारित अनुदान दिने प्रस्ताव गरेको हो ।
ललितपुरकै गोदावरी नगरपालिकाले १८ करोड ९० लाख रुपैयाँ अनुदान पाउने भएको छ । यता महालक्ष्मी नगरपालिकाले १७ करोड ८८ लाख रुपैयाँ अनुदान पाउने भएको छ ।
त्यस्तै, बागमती गाउँपालिकाले ७ करोड ७८ लाख रुपैयाँ , कोञ्ज्योसोम गाउँपालिकाले ७ करोड १४ लाख रुपैयाँ समानीकरण अनुदान पाउने भएका छन् । महांकाल गाउँपालिकाले सबैभन्दा कम ६ करोड ८७ लाख रुपैयाँ अनुदान पाउने भएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.