नामी ईभी अब ५ लाख ९९ हजार डाउन पेमेन्टमा, ८० प्रतिशतसम्म फाइनान्सिङ

  २०८१ चैत १४ गते ११:३७     विकासन्युज

काठमाडौं । नेपालका लागि डोङफेङ नामीको आधिकारिक वितरक एमएडब्लु वृद्धिले एक विशेष फाइनान्सिङ अफर सार्वजनिक गरेको छ । ईभीको माग बढेसँगै नामीले ग्राहकहरूलाई थप सुविधा र सहज सवारीसाधन खरिद अनुभव प्रदान गर्नका लागि फाइनान्सिङको सजिलो विकल्प प्रदान गरेको बताएको छ ।

कम्पनीका अनुसार यो पेमेन्ट स्किमबाट ग्राहकहरूले अब मात्र २० प्रतिशत डाउनपेमेन्ट गरि डोङफेङ नामीका ईभीहरू किन्न सक्नेछन् । नामी ईभी मोडलहरूको लागि डाउनपेमेन्ट मूल्य ५ लाख ९९ हजार रुपैयाँ तय गरिएको छ । यसले ग्राहकहरूलाई कुनै पनि क्यापिटल अपफ्रन्ट बिना पूर्ण रूपमा प्रिमियम गुणस्तरको ईभी खरिद गर्न सहज बनाउने छ ।

सरल र सजिलो खरिद प्रक्रिया पूरा गर्न नामीले ८० प्रतिशत सम्म फाइनान्सिङ गर्दछ जसले गर्दा ग्राहकहरूले विश्वसनीय फाइनान्सियल पार्टनरहर मार्फत आफ्नो गाडीको लागतको ठूलो हिस्सा फाइनान्सिङ गर्न सक्ने कम्पनीले बताएको छ । योसँगै ४८ घण्टामा लोन अप्रुभल गरिन्छ जसले गर्दा खरिद गर्न सजिलो हुन्छ।

फाइनान्सिङको यस अवसरको बारेमा थप जानकारीको लागि इच्छुक ग्राहकहरूले नजिकैको नामी शोरूम भिजिट गर्न सक्ने कम्पनीले बताएको छ ।