वाडा अटो शोमा बीवाईडी, यस्ता छन् अफरहरू

  २०८१ चैत १४ गते १७:२४     विकासन्युज

काठमाडौं । बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले पोखरामा जारी वाडा अटो शो २०२५ मा सहभागिता जनाएको छ ।

पोखरा प्रदर्शनी केन्द्रमा फागुन १४ देखि सुरु भएको वाडा अटो शो आगामी फागुन १७ सम्म चल्नेछ ।

उक्त अटो शोमा बीवाईडी डल्फिन, एट्टो ३ र एम ६ गरी विभिन्न तीन मोडलका सवारी साधन प्रदर्शन गरेको छ ।

आकर्षक ईभी मोडल प्रदर्शन गर्नुका साथै अटो शोमा सवारीसाधन किन्ने ग्राहकका लागि बीवाईडीले सीमित समयका लागि एक्सक्लुसिभ अफरसमेत ल्याएको छ ।

२० प्रतिशत डाउन पेमेन्टमा वीवाईडीका गाडी किन्न सकिने साइमेक्स इंकले जनाएको छ । यसैगरी, १० वर्ष वा २ लाख किलोमिटर वारेन्टी पनि पाइनेछ ।

१ वर्ष फ्री इन्स्योरेन्स, १ वर्ष रोड ट्याक्स कभरेज, आकर्षक नगद छुट, फ्री एसेसरिज र फ्री होम चार्जरको पनि सुविधा रहेको छ ।

बीवाईडी विश्वकै नम्बर १ इलेक्ट्रिक भेहिकल सेल्स च्याम्पियनको रूपमा परिचित छ ।