नागरिक उड्डयन प्राधिकरणले माग्यो ११६ जना कर्मचारी

  २०८१ चैत १५ गते ८:५२     विकासन्युज

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदका लागि ११६ जना कर्मचारी मागेको छ । प्राधिकरणलले सहायकदेखि प्रबन्धकसम्मका पदका लागि कर्मचारीहरू मागेको हो ।

प्राधिकरणले प्रबन्धक पदमा १ जना, उपप्रबन्धक पदमा ४ जना, वरिष्ठ अधिकृत पदमा ५६ जना, अधिकृत पदमा ५ जना, वरिष्ठ सहायक पदमा १८ जना, सहायक पदमा ३२ जना कर्मचारी मागेको हो ।

इच्छुक तथा योग्य नेपाली नागरिकहरूले २०८२ बैशाख ४ गतेसम्म र दोब्बर दस्तुर तिरेर बैशाख ११ गतेसम्म अनलाइनमार्फत आवेदन फाराम भर्न सक्नेछन् । दरखास्त शुल्क विभिन्न पदअनुसार फरकफरक निर्धारण गरिएको छ ।