एचआईडीसीएलले माग्यो सीईओ, कति चाहिन्छ योग्यता ?

  २०८१ चैत १५ गते ९:०४     विकासन्युज

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल)ले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मागेको छ । कम्पनीले रिक्त रहेको सीईओ पदका लागि दरखस्ता आवह्न गरेको हो । उक्त पदको लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

जनप्रशासन, व्यवस्थापन, व्यापार, वित्त, अर्थशास्त्र, इन्जिनियरिङ, कानूनमा वाणिज्य वा कम्पनी कानून विषय लिई प्रथम श्रेणीमा स्नातकोत्तर गरेको, बैंकिङ, वित्तीय, कोष व्यवस्थापन, इन्जिनियरिङका क्षेत्रमा कम्तीमा अधिकृत द्वितीय वा वरिष्ठ प्रबन्धक तह र नेपाल सरकारको राजपत्राङ्कित द्वितीय श्रेणी वा सो सरहको पदमा कम्तीमा ७ वर्षको अनुभव प्राप्त गरेको हुनुपर्नेछ ।

यस्तै, प्रथम श्रेणीमा स्नातक उपाधि हासिल गरी चार्टर्ड एकाउन्टेन्सी उत्तीर्ण गरी नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको सदस्यता प्राप्त गरेको र नेपाल सरकारको वा सङ्गठित संस्थाको अधिकृत स्तरको पदमा चार्टर्ड एकाउन्टेन्सी सम्बन्धी काममा कम्तीमा १० वर्षको कार्य अनुभव हासिल गरेको व्यक्तिले आवेदन दिन सक्नेछन् ।

उम्मेदवारले दरखास्तसाथ दरखास्त दस्तुर बापत २ हजार ५ सय रुपैयाँको भौचर पेस गर्नुपर्नेछ ।