२०८१ चैत १५ गते ९:३२ विकासन्युज
काठमाडौं । नेपाल बैंकले विभिन्न पदका लागि १६३ जना कर्मचारी मागेको छ । बैंकले विभिन्न पदका लागि कर्मचारीहरू मागेको हो ।
बैंकले प्रबन्धक पदका लागि ३ जना, उपप्रबन्धक पदमा १ जना, सहायक पबन्धक ४२ जना कर्मचारी मागेको हो ।
यस्तै, बैंकले सहायक पदका लागि सातै प्रदेशमा ९६ जना कर्मचारी मागेको छ । जसमध्ये कोशी प्रदेशमा ६ जना, मधेश प्रदेशमा १६ जना, बागमती प्रदेशमा २३ जना, गण्डकीमा ११ जना, लुम्बिनीमा १७ जना, कर्णालीमा १७ जना र सुदूरपश्चिम प्रदेशमा ६ जना कर्मचारी मागेको हो ।
यस्तै, बागमती प्रदेशमा सहायक आइटी पदका लागि १ जना कर्मचारी मागेको छ ।
यस्तै, कनिष्ठ सहायक (गोल्ड टेस्टर)का लागि बागमती प्रदेशमा ७ जना, गण्डकीमा ३ जना, लुम्बिनीमा ६ जना, कर्णाली प्रदेशमा ४ जना कर्मचारी मागेको छ ।
इच्छुक तथा योग्य नेपाली नागरिकहरूले २०८२ बैशाख ४ गतेसम्म र दोब्बर दस्तुर तिरेर बैशाख ११ गतेसम्म अनलाइनमार्फत आवेदन फाराम भर्न सक्नेछन् । दरखास्त शुल्क विभिन्न पदअनुसार फरकफरक निर्धारण गरिएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.