२०८१ चैत १५ गते १५:०८ विकासन्युज
काठमाडौं । गणतन्त्रको रक्षा र ‘बेथिति तथा प्रतिगमन’ विरुद्ध समाजवादी मोर्चाले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । माइतीघर, कुपण्डोल, त्रिपुरेश्वर, सुन्धारा, न्युरोड, सोह्रखुट्टे, शान्ति बाटिका, मैतीदेवीलगायत स्थानबाट निस्किएका जुलुसहरू भृकुटीमण्डपमा पुगेपछि आमसभामा परिणत भएकाे छ ।
मोर्चाका नेताहरूले गणतन्त्र, समाजवाद र समावेशी लोकतन्त्रको पक्षमा आवाज उठाउँदै सरकारको आलोचना गरेका छन् । प्रदर्शनमा ठूलो संख्यामा कार्यकर्ता तथा समर्थकहरूको उपस्थिति रहेको थियो
।
Copyright © 2025 Bikash Media Pvt. Ltd.