राजावादीले खोसे सुरक्षाकर्मीको बन्दुक, कान्तिपुर टीभी र अन्नपूर्णमा पनि ढुङ्गामुढा, सशस्त्र प्रहरी घाइते

  २०८१ चैत १५ गते १५:१७     विकासन्युज

काठमाडौं । राजावादीको आन्दोलन थप हिंसात्मक बनेको छ । तीनकुनेमा घरमा आगजनी गर्ने, ढुङ्गामुढा गर्ने प्रदर्शनकारीले सुरक्षाकर्मीको बन्दुक खोसेका छन् ।

तीनकुनेमा एक महिला सशस्त्र प्रहरीको टाउको फुटेको छ । प्रदर्शनकारीले गरेको आक्रमणमा परेर ती सशस्त्र प्रहरी महिलाको टाउको फुटेको हो ।

राजावादी प्रदर्शन उग्र बनेपछि भीड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याससहित हवाई फायरसमेत गरेको थियो ।

यस्तै, प्रदर्शनकारीले कान्तिपुर टीभी र अन्नपूर्ण मिडिया हाउसमा पनि ढुङ्गामुढा गरेका छन् ।