२०८१ चैत १५ गते १५:१७ विकासन्युज
काठमाडौं । काठमाडौं मेडिकल कलेजले (केएमसी) आन्दोलनमा घाइते भएकाहरूको नि:शुल्क उपचार गर्ने जनाएको छ ।
शुक्रबार काठमाडौंका विभिन्न स्थानमा आन्दोलनका क्रममा घाइते भएकाहरूको नि:शुल्क उपचार गर्ने जनाएको हो ।
मेडिकल कलेजले एक विज्ञप्ति निकाल्दै आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत घाइतेहरूको नि:शुल्क उपचार गर्ने उल्लेख गरेको छ ।
तर उपचार गर्दा लाग्ने औषधी र औषधीजन्य सामाग्री भने स्वयं व्यक्तिले प्रबन्ध गर्नुपर्ने अस्पतालले जनाएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.