२०८१ चैत १५ गते २१:३४ विकासन्युज
काठमाडौं । आन्तरिक तथा वाह्य उडान अवरुद्ध भएको त्रिभुवन अन्तराराष्ट्रिय विमानस्थलमा अहिले नियमित उडान सञ्चालन भएको छ ।
विमानस्थल आसपासका क्षेत्रमा पूर्वराजाका सर्मथकहरूले सवारीसाधन, कार्यालयलगायत भौतिक संरचनामा आगजनी गरेकाले अवरुद्ध बनेको विमानस्थलको उडान अहिले सञ्चालन भएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए ।
उनले भने, ‘आगजनीका कारण उडान अवतरण करिब ४५ मिनेट अवरुद्ध भएको थियो । अहिले सामान्य भएपछि आन्तरिक तथा बाह्य उडान नियमित रूपमा सञ्चालन भइरहेका छन् ।’
प्रदर्शनकारीले विमानस्थल क्षेत्र आसपास आगो लगाएपछि सुरक्षाको कारण देखाउँदै जहाज उडान तथा अवतरण रोकिएको थियो ।
उडान अवतरण अवरुद्ध भएको समयमा आएका जहाजहरू भैरहवा, पोखरा र विराटनगरका विमानस्थलमा ‘डाइभर्ड’ गरिएको बताउँदै निरौलाले अहिले सबै जहाजहरू त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरिरहेका जानकारी दिए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.