२०८१ चैत १५ गते २२:४८ विकासन्युज
काठमाडौं । राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शम्सेर जबरा पक्राउ परेका छन् ।
काठमाडौं प्रहरी परिसरले राजावादी आन्दोलनका नाममा अराजकता मच्चाएको र आगजनी तथा लुटपाट गरेको अभियोगमा पक्राउ परेको हो ।
प्रहरीले केही समय अघि उनीहरूलाई नियन्त्रणमा लिएको जनाउको छ । शुक्रबारको घटनाबारे अनुसन्धानका लागि प्रक्राउ गरिएको जनाएको छ । दुवै जनालाई अस्पतालमा घाइतेलाई भेटेर फर्कने क्रममा नियन्त्रणमा लिइएको हो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.