२०८१ चैत १६ गते १८:४१ विकासन्युज
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार तीनकुनेको घटनामा ज्यान गुमाएका २ जनालाई शहीद घोषणा गर्न माग गरेको छ ।
शनिबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले घटनामा ज्यान गुमाएकालाई सरकारले शहीद घोषणा गर्नुपर्ने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले बताए ।
शुक्रबारको घटनामा कीर्तिपुर निवासी २९ वर्षीय सविन महर्जन र एभिन्युज टेलिभिजनका फोटोपत्रकार सुरेश रजकको मृत्यु भएको थियो ।
साथै, पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा धवलशमशेर राणालाई २४ घण्टाभित्र रिहा गर्न अल्टिमेटम दिएको छ । दुई नेतालगायतलाई २४ घण्टाभित्र रिहा नगरिए राप्रपाले देशभर विरोधका कार्यक्रमहरु गर्ने र त्यसलाई आन्दोलनका रुपमा उठाएर लैजाने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.