ज्योति विकास बैंकको एक्सटेन्सन काउन्टर सुर्खेतको विद्यालयमा

  २०७५ जेठ ४ गते १७:४९     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले सुर्खेत स्थित जन माध्यामिक विद्यालयमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । उक्त काउन्टरको उद्घाटन विरेन्द्रनगर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष मोतीप्रसाद कडेल तथा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा गरेका छन् ।

यसका साथै, बैंकको निकट भविष्यमा नै ९ वटा नयाँ शाखा र ८ वटा नयाँ एटिएम संचालनमा ल्याउने लक्ष्य रहेको छ ।

हालै बैंकले आफ्नो रेमिट सेवा ज्योति रेमिट पनि संचालनमा ल्याएको छ । हाल बैंकले ५० वटा शाखा एवं १४ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.