ईटहरीमा टाटा मोटर्सकाे कार मेला शुरु, निःशुल्क टेस्ट ड्राइभ गर्न सकिने

  २०७५ जेठ ४ गते १८:१४     विकासन्युज

काठमाडौं । टाटा मोटर्सको ‘टाटा मोटर्स कार मे सिजन थ्री’ शुक्रबार(आज)बाट ईटहरीको ओसन पार्कमा शुरु भएको छ । उक्त मेला आजदेखि पर्सी(अर्थात जेठ ६ गते)सम्म बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म संचालन हुनेछ ।

नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि. र सिप्रदी ट्रेडिङ्ग प्रा.लि.कालागि आधिकारिक वितरक ग्लोबल अटो ट्रेडर्सको संयुक्त सहकार्यमा उक्त मेलाको आयोजना गरिएको हो । यस कार मेलाले हरेक वर्ष ग्राहक तथा दर्शकहरुबाट धेरैभन्दा धेरै सकारात्मक प्रतिक्रियाहरु पाइरहेको छ । यस मेलामार्फत ग्राहकहरुले आकर्षक अफरहरुका साथ टाटाका कारहरु खरिद गर्ने गर्दछन् ।

यस वर्ष टाटा कार मेलाका मुख्य आकर्षणहरुमा टाटा प्यासेन्जर गाडीहरुको बृहत प्रदर्शनी, टेस्ट ड्राइभ, एक्स्चेन्ज र अन द स्पट फाइनान्स सुविधा, वाटर स्लाइड, स्विमिङ्ग पुल, रेन डान्स, वेभ पुल, नेल आर्ट, फेस पेन्टिङ्ग, फोटोसुट, फुड स्टल लगायत विभिन्न साङ्गितिक एवं मनोरञ्जनात्मक कार्यक्रमहरु रहेका छन् ।

साथै, उक्त मेलामा टाटा मोटर्सद्धारा टाटा नेक्सन कारको बृहत प्रदर्शनी तथा टेस्ट ड्राइभ गर्न सकिने कम्पनीले जानकारी गराएको छ । यस मेलामा सम्पूर्ण दर्शकहरुका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको कम्पनीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.