बाजुराको घटमुना बजारमा एनआईसी एशियाको शाखारहित बैंकिङ्ग सेवा

  २०७५ जेठ ४ गते १८:५८     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले यु. के. एड एक्सेस टु फाईनान्स सक्षमसँगको सहकार्यमा बाजुराको घटमुना बजारमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकको यो सातौ शाखारहित बैंकिङ्ग सेवा हो ।

यस सेवाको उद्घाटन गौमुल गाउँपालिकाका अध्यक्ष हरि रोकायाले गरेका छन् । उक्त शाखारहित बैंकिङ्ग सेवा संचालनको लागि बैंकले प्रतिनिधिको रुपमा घटाल ब्रह्रादेव जनरल स्टोर (प्रोप्राईटरः कलक बहादुर रोकाया) लाई नियुक्त गरेको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् ।

साथै, स्थानीय बासिन्दाले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाईल, एडिएसएल, डिस होम) को महशुल भुक्तानी गर्ने, स्वीकृत सिमा भित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।