स्पर्स लघुवित्तको त्रैमासिक समिक्षा गोष्ठि सम्पन्न

  २०७५ जेठ ६ गते १३:३७     विकासन्युज

काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्थाले तेश्रो त्रैमासिक समिक्षा तथा आगामी आ.व.२०७५/०७६ को बजेट निर्धारण सम्बन्धी गोष्ठि सम्पन्न गरेको छ । उक्त गोष्ठिको उद्घाटन पोखराको नागढुंगा स्थित होटल स्टार र बीमा कार्यक्रमका प्रमुख अतिथि तथा वित्तीय संस्थाका संचालक एव जनता बैंक नेपालका नायब प्रमुख कार्यकारी अधिकृत(सीईओ) अजयकुमार मिश्रले गरेका थिए ।

कार्यक्रमको उदघाटन गर्दै उनले शाखा प्रबन्धक तथा केन्द्रीय कार्यालयमा कार्यरत विभागीय प्रमुखहरुलाई इमान्दारी पुर्वक काम गर्दै संस्थाले दिएको लक्ष्य हासिल गर्न सुझाव दिएका थिए ।

उक्त गोष्ठिका सभा अध्यक्ष तथा वित्तीय संस्थाका सीईओ सजल खड्काले शाखा प्रबन्धकहरुलाई लक्ष्यअनुसार प्रगति हासिल गर्न, अध्ययनशील भई आफ्नो क्षमता विकास गर्न र आफु मातहतका कर्मचारीहरुलाई राम्रो संस्कारको विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रमको पहिलो दिन वित्तीय संस्थाका शाखाहरुको तेश्रो त्रैमाससम्मको लक्ष्य तथा प्रगति समिक्षा, लक्ष्र नपुग्नाको कारणहरु र आगामी रणनीतिहरुको बारेमा छलफल भएको थियो भने दोश्रो दिन आगामी आर्थिक वर्ष २०७५/०७६ को लागि बजेट निर्माण गर्ने काम भएको संस्थाले जनाएको छ ।

वित्तीय संस्थाले अगामी ५ वर्षमा राष्ट्रिय स्तरको भई ७५ वटा शाखामार्फत करिब १ लाख सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै करिब ३ अर्ब लगानी गर्ने लक्ष्य राखेको छ । हाल संस्थाले ७,५०० घरधुरीलाई लघुवित्त सेवामा आवद्ध गराई ३१ करोड कर्जा लगानीमा रहिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.