२०७५ जेठ ७ गते ०:३३ विकासन्युज
काठमाडौं । अटोमोबाइल ब्राण्ड हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले बजाज डोमिनारका धनीहरलाई डोमिनार मोटोग्राफीमा सहभागी गराएको छ । हंशराज हुलासचन्द एण्ड कम्पनी बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बिक्रेता हाे ।
एचएच बजाज कम्पनीले देशभर रहेका डोमिनार चालकहरु मध्ये अडिसनबाट ११ जना छनोट गरेर उनिहरुलाई सगरमाथा बेस क्याम्प पठाएको छ ।
एचएच बजाजले डोमिनार ४००का ११ जनालाई शाहसी चालकहरु छनोट गरिएको छ । उक्त डोमिनार यात्राको आनन्द लिन र अनुभब हाँसिल गर्ने यो राम्रो अवसर हो । उक्त यात्रा आइतबारबाट शुुरु भएर ३० मे २०१८ सम्म चल्ने कम्पनीको भनाइ छ ।
चालकहरुको लागि राइड रुट काठमाडौंबाट शुरु भएर केरुङ, डिन्ग्री ,साइगेट, लाशा, यमडोर्क, ग्यान्सटे, शाक्य, दाराथाङ, रोङबुक हुँदै एभरेष्ट बेसक्याम्प रहेको छ । त्यसपछि पुनः त्यहि रुट हुँदै काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।
हंशराज हुलास चन्द एण्ड कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले डोमिनार मोटोग्राफीको बिषयमा बोल्दै भने ‘साहसी एवं निडर ११ जना डोमिनार चालकहरुलाई एभरेष्ट वेस क्याम्पसम्मको यात्रा गराउन पाउँदा हामीलाई खुशी लागेको छ ।
यो सहभागीहरुका लागि एभरेष्ट वेस क्याम्पसम्म बाइक चलाउनुको एक आल्हादित र साहसिक यात्राको अनुभूति बटुल्ने रहेको उनले बताए । । चालकको रुपमा प्रसान्त मानन्धर, कोशिष पराजुली, सुमन मर्हजन, देबकुमार श्रेष्ठ, जम्पा दोर्जे शेर्पा लगायत रहेका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.