सेञ्चुरी बैंककोे शाखा बुढानिलकण्ठको मण्डिखटारमा, एक्सटेन्सन् काउन्टर पनि सञ्चालनमा

  २०७५ जेठ १० गते १५:५४     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको नयाँ शाखा बुढानिलकण्ठको मण्डिखटारमा विस्तार भएको छ । उक्त शाखाको उद्घाटन बिहीबार बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले गरेका हुन् ।

साथै, बैंकले सोही स्थानको कपन क्षेत्रमा एक्सटेन्सन् काउन्टर पनि सुचारु गरेको छ । बैंकले उक्त काउन्टरबाट सुरक्षा भत्ता प्रदान गर्ने तथा त्यस क्षेत्रमा बसोवास गर्ने ग्राहकवर्गहरुमा सेवा पुर्याउने उद्देश्य राखेको छ ।

बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८२ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर बाट सेवा दिँदै आएको छ । साथै, १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा ११३ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।