कोष व्यवस्थापनले नेको इन्स्योरेन्समा रहेको २ लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै, न्युनतम मूल्य २४२ रुपैयाँ

  २०७५ जेठ १३ गते ८:२७     विकासन्युज

काठमाडौं । कोष व्यवस्थापन कम्पनी लिमिटेडले नेको इन्स्योरेन्स कम्पनी लिमिटेडमा रहेको संस्थापक सेयर बिक्री गर्न लागेको छ । कोष व्यवस्थापनले प्रतिकित्ता न्युनतम मूल्य २४२ रुपैयाँमा २ लाख कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । संस्थापक सेयर खरिदका लागि आइतबारदेखि बिक्री खुला भएको छ ।

आगामी असार ३ गते दिनको ३ बजेसम्म अन्तिम दिन तोकिएको छ । बोलपत्र पेश गर्ने मिति २१ दिन तोकिएको छ ।
खरिदकर्ताले न्युनतम ५ हजार र अधिकतम पुरै कित्ता सेयर खरिदका लागि बोलपत्र पेश गर्नुपर्ने बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ । प्रतिकित्ता २४२ रुपैयाँ भन्दाकम प्रस्तावलाई मूल्याँकनमा समावेश नगरिने सिद्धार्थले स्पष्टपारेको छ ।