२०७५ जेठ १३ गते १८:५२ विकासन्युज
काठमाडौं । गण्डकी विकास बैकको थप शाखा पोखराको रत्नचोकमा विस्तार भएको छ । उक्त शाखाको उद्घाटन आइतबार(आज) सोही प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले गरेका छन् ।
सो अवसरमा गुरुङ्गले अहिलेको प्राथमिकता पर्यटन, उर्जा कृषि र उद्योग व्यापार रहेको र बैंकहरुले पनि यी क्षेत्रहरुलाई प्राथमिकता दिएर अगाडी बढ्नु पर्ने बताएका छन् । बैंकले उक्त शाखा कार्यालयबाट निक्षेप संकलन, सहज र सरल रुपमा कर्जा प्रवाह गर्नुका साथै आधुुनिक बैंकिङ्ग सेवा प्रदान गर्ने बताएको छ ।
साथै, बैकको विभिन्न ठाउँमा १८ वटा शाखाहरु निर्माणधिन अवस्थामा रहेका छन् । बैकले यि शाखाहरु यसै आर्थिक वर्ष भित्र संचालनमा ल्याउने लक्ष्य लिएको छ । यस पश्चात बैकका कुल ७७ वटा शाखा र देशका सातै प्रदेशवाट बैंकिङ्ग सेवा प्रदान हुने प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले बताए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.