पोखरामा यामाहा एफजी २५ ‘राइड आउट’ सम्पन्न

  २०७५ जेठ १३ गते १९:१३     विकासन्युज

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले ‘राइड आउट’को तेस्रो संस्करणको आयोजना गरी सम्पन्न गरेको छ । कम्पनीले यामाहा एफजी २५का राइडरहरुका लागि शनिबार साहसीपूर्ण तथा रोमाञ्चक ‘राइड आउट’को आयोजना गरेको थियो ।

एफजी २५ राइडरर्सलाई पोखराको यामाहा डिल विश्वकर्मा अटोवक्र्सबाट पोखरा बजार हुँदै वाटरफ्रन्ट रिसोर्ट लगेको थियो । पाँच समूहमा विभाजन गरिएका २५ जना एफजी २५ राइडरलाई ‘टग अफ वार’, ‘पिकिङ द फ्ल्याग’, ‘आर्म रेस्लिङ’लगायतका सामुहिक टास्क दिइएको थियो । कार्यक्रमको अन्तमा सहभागी सबै राइडरहरुलाई ‘यामाहा एम्बेसेडर’ घोषणा गरिएको थियो ।

विश्वकर्मा अटोवक्र्सका प्रबन्ध निर्देशक सरोज श्रेष्ठले डिलर र राइडरहरुबीचको सम्बन्ध नजिक र गाढा बनाउने उद्देश्यले राइड आउट आयोजना गरिएको बताए । ‘यामाहाले एफजी २५ चढ्ने राइडरहरुलाई एउटा अविस्मरणीय दिन प्रदान गरेको छ ।,’ सहभागी राइडर ज्ञानेन्द्र मल्लले भने ।

कम्पनीका अनुसार एफजी २५मा एयर कुल्ड विथ आयल कुलर, ४ स्ट्रोक, एसओएचसी, २ भल्भ, सिंगल सिलिन्डर भएको २४९ सीसीको शक्तिशाली इन्जिन रहेको छ । मोटरसाइकलमाथि नियन्त्रण सहज यसको वजन कम (१४८ केजी) गरिएको छ । यी विशेषताहरुले एफजी २५ लाई ‘एफजी वल्र्ड’को ‘पावरफुल, मिड–क्लास, स्ट्रिट फाइटर’ बनाएको छ ।

यसमा यामाहाको प्योटेन्टेड ‘ब्लुकोर’इन्जिन रहेको छ जसले मोटरसाइकलको पर्फमेन्सलाई बढाउनुका साथै इन्धन खपतलाई न्युन गर्छ र यो वातावरणमैत्री बीएस ४ इमिसन स्ट्यान्डार्डमा निर्माण गरिएको छ ।

एफजी२५ तीन वटा एक्साइटिङ कलर– ‘ब्यालेस्टिक ब्लु’, ‘वारियर ह्वाइट’ र ‘नाइट ब्ल्याक’मा उपलब्ध छ । नेपालमा लन्च भएको एक वर्ष नबित्दै एफजी २५ तीन हजारभन्दा बढी ओटा विक्री भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.