क्यास्ट्रोल लुब्रिकेन्टले ल्यायो नयाँ इन्जिन आयल ‘भेक्टन’

  २०७५ जेठ १८ गते १०:४२     विकासन्युज

काठमाडौं – बस, ट्रक, ट्रिपर लगायतको इन्जिन आयलको रुपमा क्यास्ट्रोल भेक्टन नेपाली बजारमा भित्रिएको छ । क्यास्ट्रोल लुब्रिकेन्टको नेपालका लागि आधिकारिक विक्रेता नेपाल ओभरसिज ट्रेडिङ कन्सर्नले क्यास्ट्रोल भेक्टन नेपाली बजारमा ल्याएको हो ।

एक कार्यक्रमका बीच क्यास्ट्रोलले भेक्टन नामक नयाँ लुब्रिकेन्ट सार्वजनिक गरिएको हो । कार्यक्रममा कन्सर्नका म्यानेजिङ डाइरेक्टर ज्ञानप्रसाद कर्माचार्यले समय, प्रविधि र ग्राहकको आवश्यकता तथा माग अनुसार क्यास्ट्रोलले नयाँ उत्पादन नेपाली बजारमा ल्याएको बताए ।

क्यास्ट्रोलको नेपालका लागि कन्ट्री म्यानेजर पन्चानन राउतले दुबईमा उत्पादन गरिएको क्यास्ट्रोल भेक्टनका धेरै रेन्ज भएकाले आगामी दिनमा समेत अन्य उत्पादन उपलब्ध गराउने बताए । भल्भो, मर्सिडिज बेन्ज, टाटा लगायतका गाडीहरुले आधिकारिक लुब्रिकेन्टको रुपमा क्यास्ट्रोल भेक्टन प्रयोग गरिरहेको बताउदै उनले डिजेल इन्जिनका लागि सो लुब्रिकेन्ट उत्कृष्ट रहेको बताए ।

सो अवसरमा नेपाल ओभरसिज ट्रेडिङ कन्सर्नका मार्केटिङ म्यानेजर अमरज्योति रञ्जितले नेपाली उपभोक्ताहरुको चाहना बमोजिम क्यास्ट्रोलले नयाँ प्रविधिका लुब्रिकेन्ट ल्याइरहेको बताउदै क्यास्ट्रोल भेक्टनले क्यास्ट्रोल ब्रान्डलाई थप विश्वसनिय बनाउने बताए ।

क्यास्ट्रोल भेक्टन सीआई–४ प्लस÷ई७ प्रविधिको मल्टिग्रेड डिजेल इन्जिन आयल हो । यसमा अन्य कुनै पनि लुब्रिकेन्टमा नभएको युनिक ‘सिष्टम फाइभ टेक्नोलोजी’ प्रयोग गरिएको छ, जसका कारण सो लुब्रिकेन्टले पहिले प्रचलित लुब्रिकेन्ट भन्दा ३० प्रतिशत बढी पर्फमेन्स दिने कम्पनीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.