२०७५ जेठ १८ गते १६:३५ विकासन्युज
काठमाडौं । नेकपाका केन्द्रिय सदस्य तथा सांसद महेश बस्नेतले नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाललाई भक्तपुरबाट बसाई सार्ने चेतावनी दिएका छ् । संसदमा बजेटमाथी आफ्ना कुरा राख्दै भक्तपुर क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद बस्नेतले भक्तपुरे जनताले प्रेम सुवाललाई भक्तपुरबाट सार्ने सन्देश दिएको दावी गरे । सुवाल भने भक्तपुर क्षेत्र नम्बर १ का प्रत्यक्ष निर्वाचित सांसद हुन् ।
‘प्रेम सुवालजीलाई भक्तपुरबाट सरुवा गर्न भक्तपुरे जनता तयार छन्, यति कुरा उहाँको कानमा पार्दिनु भनेर भक्तपुरे जनताले भनेको कुरा म यहाँ सुनाउन चाहान्छु’, बस्नेतले संसदमा भनेका छन् । उनले सल्लाघारी नगरकोट सडक ६ लेनको, सुर्यबिनायक धुलिखेल सडक ६ लेनको बनाउने काम सुरु हुन लागेको पनि बताए ।
हुनमन्ते करिडोर, मनोहरा करिडोर, साँगामा सुरुङमार्ग एक लाख रोपनीको नयाँ शहर पनि बनाउने प्रक्रिया अघि बढेको बताउँदै नेपाल मजुदर किसान पार्टीका सांसद सुवाललाई विकासको बिरोध नगर्न चेतावनी दिए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.