एनआईसी एशिया बैंक पर्साको लंंगडिमा, शाखा संख्या २१८ पुग्यो

  २०७५ जेठ १८ गते १७:५६     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले पर्साको लंगडिमा नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन धोबिनी गाँउपालिकाका प्रमुख सुरेशप्रसाद कुर्मीले गरेका हुन् ।

यस सहित बैंकको शाखा संख्या २१८ पुगेको छ । साथै, बैंकले २०४ एटिएम, ८ वटा एक्स्टेन्सन काउण्टर एवं ८ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

हाल बैंकको वासलातको आकार १६४ अर्ब रुपैयाँभन्दा बढि पुगेको छ भने बैंकको कुल कर्जा करिब ११३ अर्ब र निक्षेप करिब १३९ अर्ब रुपैयाँ पुगिसकेको छ । हालसम्म यस बैंकमा जम्मा ग्राहकको संख्या करिब ११ लाख ५० हजार रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.