२०७५ जेठ २१ गते ९:२५ विकासन्युज
काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले असार ८ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले चुक्तापुँजी बढाउन साविकका सेयरधनीलाई ३१ करोड ६६ लाख ६७ हजार रुपैयाँ बराबरको ३१ लाख ६६ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
हकप्रद निष्कासन बन्द साउन १० गते हुने निष्कासन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ ।
हकप्रद निष्कासनपछि कम्पनीको चुक्तापुँजी बढेर १ अर्ब रुपैयाँ पुग्ने छ । नियामक बीमा समितिले आउदो असारसम्म चुक्तापुँजी बढाए १ अर्ब रुपैयाँ पुर्याउन निर्देशन दिएपछि प्रभुले हकप्रद निष्कासन गर्न लागेको हो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.