मेगा बैंक र प्रभु लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

  २०७५ जेठ २१ गते १५:३०     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपाल र प्रभु लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्ता सम्झौता पत्रमा मेगा बैंकका वरिष्ठ नायब महाप्रबन्धक महेश ढकाल र प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख व्यापार अधिकृत प्रयास श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार, अब ग्राहकहरुले मेगा बैंकका देशभरिका शाखाबाट प्रभु लाइफ इन्स्योरेन्समा जीवन बीमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेछन् । यो सम्झौताले जीवन बीमा गर्न चाहने र गरिरहेका ग्राहकहरुलाई थप सुविधा प्राप्त हुने मेगा बैंकको विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.