२०७५ जेठ २१ गते १८:४६ विकासन्युज
काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा विभिन्न सञ्चारकर्मी र प्लाष्ट नेपाल फाउण्डेशनका पदाधिकारी एवं सदस्यवर्गबीच भेटघाट कार्यक्रम सम्पन्न भएको छ । साथै, फाउण्डेशनका उपाध्यक्ष दिपक श्रेष्ठको सभापतित्वमा सोमबारका दिन काठमाडौंमा उक्त कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा यस फाउण्डेशनका सञ्चालक समिति सदस्य तथा मिडिया टिमका संयोजक विनित अग्रवालले कार्यक्रमको उद्देश्य र महत्वमाथि प्रकाश पारेका थिए ।
प्लाष्टिकजन्य सामाग्रीको उपयोगिता, महत्व र प्रयोग पश्चात् निस्कने फोहोरको नकारात्मक असर र यसको सही व्यवस्थापनबारे जनचेतना फैलाउने उद्देश्यले यस विषयमा फाउण्डेशनले एउटा सानो वृत्त चित्र तयार गरी कार्यक्रममा प्रस्तुत गरेको थियो ।
कार्यक्रममा फाउण्डेशनका उपाध्यक्ष श्रेष्ठले वातावरण संरक्षणमा फाउण्डेशनले विभिन्न सरोकारवालहरुसँग मिलेर काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.