राष्ट्रिय वाणिज्य बैंकको १९०औं शाखा स्याङ्जामा

  २०७५ जेठ २२ गते १६:०९     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले स्याङ्जा जिल्लाको अर्जुनचौपारीमा १९०औं शाखा कार्यालय विस्तार गरेको छ । । उक्त शाखाको उद्घाटन संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं राष्ट्रिय वाणिज्य बैंक संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङ्गले गरेका हुन् ।

कार्यक्रममा गुरुङ्गले सरकारको नीति अन्तर्गत सबै स्थानीय निकायमा बैंकको शाखा पुर्याउने उद्धेश्यअनुरुप ग्रामिण र दुर्गम सबै स्थानमा बैंकको वित्तीय पहुँच पुर्याउन सहयोग पुग्ने बताएका छन् । उनले यस क्षेत्रमा १२८ वटा ल्याण्डलाइन टेलिफोन सेवा वितरण गर्ने र मोवाइल सेवालाई थप भरपर्दो बनाउने बताएका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले नयाँ संभाव्य क्षेत्रहरुमा शाखा स्थापना गरि दिगो आर्थिक विकासको लागि वित्तिय पहुंच विस्तार गर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.