२०७५ जेठ २४ गते १८:५३ विकासन्युज
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स र मुक्तिनाथ बिकास बैंकबीच बैंक्यासोरेन्स गर्ने सम्झौता भएको छ । सम्झौता पश्चात प्रभु लाइफ इन्स्योरेन्समा जीवन बीमा गर्ने ग्राहकलाई जीवन बीमा सम्बन्धि सेवाहरु मुक्तिनाथ बिकास बैंक सबै शाखाहरु मार्फत समेत उपलब्ध हुनेछ ।
उक्त सम्झौतामा प्रभु लाइफ इन्स्योरेन्सका निमित्त प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछाने र मुक्तिनाथ बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले हस्ताक्षर गरेका थिए । अब जीवन बीमाको प्रिमियम मुक्तिनाथ बिकास बैंक मार्फत समेत बुझाउन सकिने व्यवस्था गरिएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.