कन्काई विकास बैंकले एलआईसीको जीवन बीमा योजना बेच्ने

  २०७५ जेठ २५ गते १५:०१     विकासन्युज

काठमाडौं । कन्काई विकास बैंकले एलआईसी नेपालसँग बैकास्योरेन्स सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ) प्रकाशमान बज्राचार्य र एलआईसी नेपालको सीईओ अभिजित घोष दस्तिदारले एक समारोहबीच हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा बैंकका सीईओ बज्राचार्यले ग्राहकहरुको चाहना अनुसार एलआईसी नेपालको जीवन बीमा योजनाहरु सबै शाखा कार्यालयहरुबाट बेचिने जानकारी गराएका छन् ।

त्यस्तै, एलआईसी नेपालका सीईओ दस्तिदारले एलआईसी नेपालको उच्चतम बोनसदर र उत्कृष्ट ग्राहक सेवाको कारण आम नागरिकहरुले यस कम्पनीको योजनाहरु लिने गरेको बताएका छन् ।