२०७५ असार ९ गते ८:४८ विकासन्युज
काठमाडौं । काठमाडाैंदेिख फेरी एक व्यापारीलार्इ पक्राउ गरिएकाे छ । व्यवसाय दर्ता नविकरण नगरेको, म्याद नाघेको सामानहरु ठूलो परिमाणमा राखेको जस्ता कैफियत भेटाएपछि काठमाडौंको स्वयम्भुस्थित पिलग्रिम ग्रोसरका सञ्चालकलाई अनुसन्धानको लागि शुक्रबार पक्राउ गरिएको हो ।
केही दिनअघि देखि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले आक्रमक रुपमा अनुगमन शुरु गरेयता १० जना व्यापारीलार्इ पक्राउ गरिसिकएकाे छ ।
विभागको शाखा अधिकृत ढुण्डिराज पोखरेलले पक्राउ गरिएको संञ्चाकलाई महानगरिय प्रहरी परिसर टेकु पठाइएको जानाए
। बुधबार ७ र बिहीबार २ जना खुद्रादेखि भाटभाटेनी सुपरमार्केटसम्मका सञ्चालक पक्राउ गरिएको थियो ।
चार पशल सिल
अनुगमनकै क्रममा काठमाडौंको ४ विभिन्न खाद्यन्न तथा खुद्रा पसलहरु सिलबन्दी गरिएको छ । जसमा सोही पिलग्रिम ग्रोसर, अर्को काठडौंको चावहीलस्थित जय भोले ट्रेडर्स, सोही स्थानको एकता मार्केटीङ र होप मार्टलाई सिलबन्दी गरिएको हो ।
उक्त पसलहरुमा मूल्य सूचि नएको, ठूलो परिमाण म्याद नाघेँको खाद्य सामाग्री रहेको, लेभल नभएको समानहरु फेला परेको लगायतको कारणले पसल सिलबन्दी गरिएको शाखा अधिकृत पोखरेलले जानकारी दिए । साथै अनुगमन गर्ने क्रममा फेला पारिएको म्याद गुज्रेको तथा लेबल नभएको सामाग्रीहरुलाई नष्ट पारिएको छ ।
विभागले काठमाडौं र ललितपुरमा गरी १४ खुद्रा तथा थोक व्यापारीहरुको पसल अनुगमन गरेको थियो । अन्य विभिन्न पसलहरुमा समेत आवश्यक सुझाब तथा निर्देशन दिइएको शाखा अधिकृत पोखरेलले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.