एसईई नतिजा प्रकाशनमा सरकारको चरम लापरबाही, १४ हजार विद्यार्थीको रिजल्ट आएन

  २०७५ असार ११ गते १९:२८     विकासन्युज

काठमाडौं । सोमबार एक कार्यक्रममा पूर्व शिक्षा सचिव जनार्दन नेपालले एसईईको नतिजा प्रकाशनमा सरकारले लापारबाही गरेको आरोप लगाएका छन् । एसईई नतिजा प्रकाशनमा देखिएको कमजोरीलाई अर्को वर्ष नदोहोर्याउने गरि सत्य–तथ्यका अनुसन्धान गर्न सरकारसँग उनको माग छ ।


‘भर्खरै मात्र प्रकाशित गरिएको एसईईको नतिजालाई लिएर धेरै कुराहरु सुनिन थालेका छन्,’ उनले भने ‘यसका बारेमा सरकार गम्भिर बन्नुपर्छ ।’ प्राविधिक तथा अन्य जुनसुकै पक्षको गल्ति भएको पनि त्यसलाई छानविनको दायरामा ल्याउनु पर्ने उनकोे धारणा छ ।

त्यस्तै हिसानका अध्यक्ष रमेश सिलवालले सरकारले विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको आरोप लगाएका छन् । उनले भने,‘प्रत्येकदिन नतिजा फरक छ, अघिल्लो दिन एक प्रकारको रिजल्ट अर्को दिन फरक रिजल्ट देखिएको छ ।’

नतिजा प्रकाशनमा यतिका विघ्मान समस्या छ भने कापी जाँचमा कति लापरबाही भयो होला ? सहजै अनुमान लगाउन सकिने उनले बताए । उनका अनुसार विद्यार्थीको भविष्यका बारेमा मन्त्रालय, शिक्षा विभाग र परीक्षा बोर्ड गम्भिर छैनन् । ग्रेड सिस्टमका पनि आफ्नै प्रकारका नियमहरु हुन्छन् । देशमा अंकमा तयार पारिने रिजल्टलाई अक्षरमा ढालेर ग्रेडिङ सिस्टममा ल्याइएको भन्दै उनले सबै मान्यता अपनाएर ग्रेड सिस्टम लागू गर्न सरकारलाई आग्रह गरे ।

त्यस्तै कार्यक्रममा एन–प्याव्यसनका अध्यक्ष ऋतुराज सापकोटाले पनि राष्ट्रिय परिक्षा बोर्डले विद्यार्थीको जीवनमाथि खेलवाड गरेको आरोप लगाएका छन् । ‘कक्षा ९ र १० को परीक्षाकोबीच कुनै भिन्नता छैन । परिणाममा मात्रै फरक देखाएर हुन्छ ?’, उनको प्रश्न छ । ‘पाठ्यक्रम पुरानै छ, शिक्षाको स्तर घट्दो क्रममा छ, पढाईमा विद्यार्थीको चासो कम हुँदै गएको छ, परिक्षाको नाममा विद्यार्थी अल्मल्याउने काम भैरहेको छ,’ उनले भने ‘यस वर्षको नतिजामा १४ हजार विद्यार्थीको रिजल्ट आएनका छैनन् ।’ यस सम्बन्धमा शिक्षामन्त्री र राष्ट्रिय शिक्षा बोर्डले यसको जिम्मेबारी लिनुपर्छ । र दोषिमाथि कडा कारबाही गर्नुपर्छ ।’

कार्यक्रममा प्यावशनका महासचिव राजेन्द्र बानियाँले एसईईको नतिजा प्रकाशित गर्ने काममा सरकारले हतार गरेको आरोप लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.